डडेल्धुरामा चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट
२०८१ वैशाख २५, १०:१३
डडेल्धुरा: डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्भने घर पूर्ण रूपमा नष्ट भएको छ।
सोमवार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्। स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ।
कमेन्ट लोड गर्नुस