सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र पुनर्वासबाट अबैध सामान बरामद

२०८१ वैशाख २३, ०८:४४ खबर संवाददाता

धनगढीः प्रहरीले कैलालीको धनगढी, टीकापुर र कञ्चनपुरको पुनर्वासबाट अबैध सामान बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट, धनगढी उपमहानगरपालिका–१५ कनरी र टीकापुर नगरपालिका–१ नयाँबस्तीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो। करिब ३४ हजार ५४० मुल्यको प्राउन, पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका सामान कैलाली प्रहरीले नियन्त्रणमा लिएको हो।

उता कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाँउ बाट करिब २४ हजार ६ सय मुल्यको पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका अबैध सामान इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस