सुदूर नेपाललाई विश्वसँग जोड्दै

भजनीमा आठ कठ्ठामा लगाइएको गहुँबाली जलेर नष्ट

२०८१ वैशाख ७, ०५:१६ खबर संवाददाता

धनगढीः कैलालीमा एक जनाको गहुँबालीमा आगलागी भएको छ।

जिल्लाको भजनी नगरपालिका–८ गौरचौरका टेङ्ना चौधरीको आठ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा आगलागी भएको हो।

विद्युत लाइन सर्ट भइ बिहीवार गहुँबालीमा आगलागी भएको जिल्ला आपतकालिन कार्य सञ्चान केन्द्र कैलालीले जनाएको छ। यस्तै, बिहीवार जोशिपुरका परशुराम चौधरीको १३ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा पनि आगलागी भएको थियो।

कमेन्ट लोड गर्नुस