कैलालीमा एक घर र कुखुराको खोरमा आगलागी
२०८१ वैशाख २०, ०७:२८
धनगढीः कैलालीमा एक घर र कुखुराको खोरमा आगलागी भएको छ।
बर्दगोरिया गाउँपालिका-३ खैरेनी बस्ने ठेउके दमाईको घर र सोही आगोबाट रबि जनालाको नजिकै रहेको कुखुराको खोरमा आगलागी भएको हो। आगलागी हुँदा अन्दाजी २ लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको छ।
कमेन्ट लोड गर्नुस