सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज प्रतिनिधिसभा बैठक बस्दै

२०८१ जेठ ४, ०५:५८ खबर संवाददाता

काठमाडौं: संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बिहीवारको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। 

सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ। बैठकमा कांग्रेसका सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ लगायतका नारा लगाएका थिए। 

प्रतिपक्षको अवरोधका बीच सभामुख देवराज घिमिरले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। उनले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसद विरोधमा उत्रिएपछि बैठकमा धकेलाधकेल भएको थियो।

कमेन्ट लोड गर्नुस