बाजुरामा खैरो हिरोईन र नगदसहित एक युवक पक्राउ
२०८१ वैशाख २०, ०७:३७
बाजुराः बाजुरामा खैरो हिरोईन र नगदसहित एक युवक पक्राउ परेका छन्। बुढिगंगा नगरपालिका-६ फालासैनबाट बुढिगंगा-५ बस्ने २५ वर्षीय युवक बिनोद थापा लागूऔषध (खैरो हिरोईन)सहित पक्राउ परेका हुन्।
खैरो हिरोईनको कारोबार र बिक्रि बितरण गर्ने गरेको भन्ने गोप्य सूचानाको आधारमा थापालाई चेकजाँच गर्दा ४ ग्राम ९७ मिलिग्राम खैरो हेरोईन र नगद ३६ हजार २८० सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
कमेन्ट लोड गर्नुस