सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गहुँको नलमा लगाइएको आगोबाट गोठमा आगलागी  

२०८१ वैशाख २०, ०८:२७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा गहुँको नलमा लगाइएको आगोबाट गोठमा आगलागी भएको छ।

बेलडाँडी गाउँपालिका-२ ढकनिया बस्ने करन बिष्टको घर नजिक रहेको खेतको गहुँ नलमा लगाइएको आगोबाट गाई गोठमा आगलागी हुँदा गोठ भित्र रहेको भुसा, पराल, काठ लगायतका सामान जलेर नष्ट भएको छ। आगलागीबाट ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

यस्तै कृष्णपुर नगरपालिका-१ जयशंकर सामुयिक वनमा लागेको आगोबाट सोही ठाउँ बस्ने रमेश बुढाको गोठमा आगलागी भएको छ। आगलागीबाट १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको छ।

कमेन्ट लोड गर्नुस