सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीले गरे दाबी पेस

फोटो : रमित पाण्डे
फोटो : रमित पाण्डे
२०८१ वैशाख ६, ०४:०६ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन। माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। उनले बिहिवार प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ।

 

कमेन्ट लोड गर्नुस