सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको अपि हिमालमा चार दिन स्वास्थ्य शिवर

२०८१ वैशाख ४, ०८:१८ खबर संवाददाता

 

धनगढी ः दार्चुलाको अपी हिमाल गाउँपालिकामा चार दिन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। धनगढीको सीपि अस्पतालले दार्चुलाको दुर्गम गाउँपालिका अपि हिमालमा चार दिन स्वास्थ्य शिविरको आयोजना गरेको हो।

अस्पतालका अनुसार चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म ६ सय ९४ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा चार सय ६५ महिला र २ सय २९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन्।

अस्पतालका अनुसार चैत ३० गते पहिलो दिन अपि हिमाल गाउँपालिका–५ ओखालमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। उत्त क्षेत्रका ६५ महिला र ४२ पुरुषले उपचार सेवा लिएका छन्। एक सय सात जनाले पहिलो दिनको शिविरमा स्वास्थ्य उपचार सेवा लिएका हुन्।

दोस्रो दिन वैशाख २ गते २ सय ४३ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। उनीहरूमा एक सय ७२ महिला र ७१ पुरुष रहेका छन्। दोस्रो दिन अपि हिमाल गाउँपालिका–४ चिल्ढुङ्गामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त दिन ३० जनाको भिडिओ एक्सरेसमेत गरिएको थियो। तेस्रो दिन अपि हिमाल गाउँपालिका–४ मा नै स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। तेस्रो दिन एक सय ८५ जनाले उपचार सेवा लिएका छन्। एक सय २१ महिला र ६४ पुरुषले उपचार सेवा लिएका अस्पतालले जनाएको छ। तेस्रो दिन २९ जनाको भिडिओ एक्सरेसमेत गरिएको छ। चौथो दिन अपि हिमाल गाउँपालिका–१ मा आयोजना गरिएको स्वास्थ्य शिविरमा एक सय ५९ जनाले स्वास्थ्य उपचार लिएका छन्। उनीहरूमा एक सय सात महिला र ५२ पुरुष रहेका छन्। अस्पतालले नेपाल फार्मेसी संघ, सुदूरपश्चिम र गाउँपालिकासँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

धनगढी उपमहानगरपालिका–४ चटकपुरमा रहेको अस्पताल २०७० सालमा स्थापना भएको हो। दैनिक ओपिडी सेवा, आकस्मिक सेवा, जर्नल वार्ड तथा क्याविन, शल्यक्रिया, इन्डोस्कोपी, फिजिसियन, जनरल सर्जरी, युरोसर्जरी, नाँक, कान र घाँटी रोगको उपचार हुँदै आएको छ। यस्तै, हाडजोर्नी तथा नसा, प्याथोलोजी, एक्सरे, फिजियो थेरापी, एम्बुलेन्स र फार्मेसी सेवा सञ्चालन गर्दै आएको छ।

 

कमेन्ट लोड गर्नुस