सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रशान्त तामाङको निर्देशनमा चलचित्र ‘सारंग’ निर्माण हुने

२०८० चैत्र २९, ०५:०८ खबर संवाददाता

काठमाडौँः नेपाली चलचित्र ‘सारङ्ग’ निर्माण हुने भएको छ।

बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गरी फिल्म निर्माणको घोषणा गरिएको हो। चलचित्रको निर्देशन प्रशान्त तामाङले गर्नेछन्। चलत्रिचको कथा लेखन पनि तामाङकै रहेको छ।

चलचित्रमा सम्राट् श्रेष्ठ, आदित्य कार्की, ऋचा शर्मा, उत्पाल झा, समीरमणि दीक्षित, सुरज तमु, मणिकुमार राई, अनिशा न्यौपाने, निरज ब्ल्याक, दीपक थापा र सुमनसागर जङ्ग केसी लगायतका कलाकारहरूको अभिनय रहनेछ। चलचित्रको सुटिङ कान्जिर नेशनल स्कुलमा हुनेछ।
 

कमेन्ट लोड गर्नुस