सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम कला प्रतिष्ठानको अध्यक्षमा आवेश चन्द

२०८० चैत्र २८, ०९:३३ खबर संवाददाता

धनगढीः कला र संस्कृतिको जगेर्ना गरौं भन्ने मुल नाराका साथ स्थापति सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानको आज सम्पन्न चौथो साधारण सभाबाट पूर्व धनगढी जेसिजका पूर्व उपाध्यक्ष तथा कलाकार अवेश चन्द सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन।

१३ सदस्यीय कार्य समितिमा अन्य सवै पदमा सर्वसम्मती रहेता पनि महासचिव पदमा भने निवर्तमान महासचिव गुणाकर पनेरु र भिम अधिकारी गरी २ जनाले दाबि गरेका थिए। निर्वाचन अधिकृत अधिवक्ता नाथुराम महतोले भिम अधिकारीले अन्तिममा आफ्नो उम्मेदवारी फिर्ता लिई गुणाकर पनेरुलाई नै समर्थन गरेको बताए।

कार्य समितिमा अध्यक्ष अवेश चन्द, उपाध्यक्ष चन्द्र चौधरी, उपाध्यक्ष महिला द्रोपती भट्ट (मेघा), महासचिव गुणाकर पनेरु, सचिव राजु चौधरी (राज), कोषाध्यक्ष केशव वलायर, सह कोषाध्यक्ष दिर्घ वहादुर शाही, सदस्यहरुमा यादव गिरी, सौगात सुनार, तारावहादुर कठायत, विनोद बोहरा, हरिशविक्रम खडायत, विरेन्द्र सिंह सर्वसम्मत चयन भएका हुन।
 

कमेन्ट लोड गर्नुस