सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल ’ए’ २१ रनले आयरल्यान्ड ’ए’ सँग पराजित

२०८० चैत्र १६, ०५:०८ खबर संवाददाता

काठमाडौँः ’नेपाल ए’ ’आयरल्यान्ड ए’सँगको टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा २१ रनले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल ए १९ ओभर ३ बलमा २०१ रन जोड्दा अलआउट भयो। नेपालको पारीमा लोकेश बमले सर्वाधिक १०६ र आरिफ शेखले ४९ रन जोडे पनि जीतका लागि पर्याप्त भएन। १७ औं ओभरको समाप्तिमा ४ विकेट गुमाएर १९३ रन जोडिसकेको नेपालले त्यसपछिको ३ ओभरमा ८ रन थप्दा बाँकी ६ विकेट गुमाउन पुग्यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली आयरल्यान्ड एले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन जोडेको थियो। उसका लागि पिटर मूरले सर्वाधिक ४९ रनको योगदान गरे। नेपालका कमलसिंह ऐरीले ३९ रन खर्चिएर ३ विकेट लिए। बाँकी १–१ विकेट सागर ढकाल र आरिफ शेखका नाममा रह्यो। 
 

कमेन्ट लोड गर्नुस