सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगा गोल्डकपको उपाधि स्टार सिटीलाई 

२०८० चैत्र १, ०९:३० खबर संवाददाता

धनगढीः स्टार सिटी क्लब धनगढीले गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

आज भएको फाईनल खेलमा फारवेष्ट पशुपति युथ क्लबलाई ५–० गोल अन्तरले हराउँदै स्टार सिटी युवा क्बल प्रतियोगिताको च्याम्पियन बनेको हो। गत संस्करणको उपविजेतता स्टार सिटीले यस पटक उपाधि जित्न सफल भएको हो। उपाधि सहित स्टार सिटीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको फार वेस्टले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ।

फाइनल खेलमा कमल देउवा नायक बनेपछि स्टार सिटीले सहजै उपाधि जितेको हो। उनले फाइनल खेलमा चार गोल गरे। खेलको आठौं मिनेटमा पहिलो गोल गरेका उनले २० औं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पुरा गरेका थिए। कमलले ६२ औं मिनेटमा ब्यक्तिगत चौथों गोल पुरा गरेका थिए। खेलको ७९ औं मिनेटमा भुपेन्द्र शाहीले गोल गर्दै स्टार सिटीलाई सहज जित दिलाए। फाईनल खेलमा चार गोल गरेका कमल प्लेयर अफ द म्याच घोषित भए।

स्टार सिटीका कुबेर सिंह प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए। उनले ५० हजार रुपैयाँ प्राप्त गरे। विधागततर्फ फारवेष्टका अमानत शेख उत्कृष्ट गोलकिपर, स्टार सिटीका नरेन्द्र चौधरी उत्कृष्ट डिफेन्डर, स्टार सिटीका कमल देउवा उत्कृष्ट फरवार्ड, स्टार सिटीका अभिनाष थापा उत्कृष्ट मिडफिल्डर घोषित भए। स्टार सिटीका कुबेर सिंह प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए। उनले ५० हजार रुपैयाँ प्राप्त गरे।

गौरीगंगा ११ का निराजन धामी उदयमान खेलाडी घोषित भए। विधागततर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको चौथों संस्करण सफलतापूर्वक सम्पन्न गरेको आयोजक गौरीगंगा ११ क्लबका अध्यक्ष दिनेश कलेलले बताए। 
 

कमेन्ट लोड गर्नुस