सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रमिक दिवसको अवसरमा मुख्यमन्त्री सोडारीले दिए शुभकामना

२०८१ वैशाख १९, ०१:१९ खबर संवाददाता

धनगढीः श्रमिक दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री  दीर्घबहादुर सोडारीले शुभकामना दिएका छन्।

आज मनाइँदै गरिएको १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना मुख्यमन्त्री सोडारीले दिएका हुन्। मुख्यमन्त्री  सोडारीले  शुभकामना सन्देश जारी गर्दै मजदुरहरूले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरूको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस् भन्दै शुभकामना दिएका हुन्।

विश्व श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति र समृद्धिको कामना समेत गरेका छन्।

No description available.

कमेन्ट लोड गर्नुस