सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा आवासीय भवन भत्किँदा एकै परिवारका सात जनासहित ९ जनाको मृत्यु

२०८० फाल्गुन ३०, ०७:३४ खबर संवाददाता

एजेन्सीः पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान सहरमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु भएको छ।

साथै अन्य दुई जना गम्भीर घाइते भएका छन्। उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपत्कालीन अधिकारी कलीम उल्लाहकाअनुसार सहरको हरम गेट क्षेत्र नजिकै तीन तले भवन भत्किएको थियो।

भग्नावशेषमुनि कुल ११ जना फसेको बताइएको छ। घाइते सबैलाई स्थानीय अस्पतालमा लगिएको छ। मृत्यु हुनेमा एकै परिवारका सात जना रहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस