सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज बिहानै बाजुरामा भूकम्प 

२०८० जेठ २९, ०८:४२ खबर संवाददाता

बाजुरा: आज बिहानै बाजुरामा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो। जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए। बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ।

कमेन्ट लोड गर्नुस