सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तरुण दलद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११, ०२:२९ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कैलाली क्षेत्र नम्बर ५ (ख) को आयोजनामा धनगढीस्थित पार्कमोडमा रक्तदान कार्यक्रम गरिएको हो।

कैलाली क्षेत्र नम्बर ५ (ख) का संयोजक तेजु रोकायाको संयोजकत्वमा आयोजित कार्यक्रममा ६० देखि ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, समाजसेवी र रक्तदाताहरूको उपस्थिति थियो।

रेडक्रसको सहयोगमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य युवालाई सामाजिक सेवामा जोड्नुका साथै मानवीय उत्तरदायित्व अभिवृद्धि गर्नु हाे। रक्तदानजस्तो मानवीय कार्यले आवश्यक परेको समयमा बिरामीको उपचारमा सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ।
 

कमेन्ट लोड गर्नुस