सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सवारीसाधन जफत, तीन जना नियन्त्रणमा

२०८० जेठ १९, ०३:५१ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा भन्सार छलीका सवारीसाधन प्रहरीले जफत गरेको छ।

कञ्चनपुर प्रहरीले भन्सार छलीका दुई थान मोटरसाइकल, एक थान स्कुटर र एक थान साइकल जफत गरेको हो। प्रहरी टोलीले बिशेष सुराकीको आधारमा जिल्लाका विभिन्न स्थानबाट सवारीधान जफत गरेको जनाएको छ। साथै भन्सार छलीका रेडिमेट कपडाहरु, खुला कपडा, प्लाष्टिक, नरिवलको धुलो, मिठाई, तेल, जुस, जुत्ता चप्पल समेत बरामद गरेको कञ्चनपुर प्रहरीले बताएको छ।

करिब तीन लाख ७५ हजार तीन सय एक मुल्य बराबरका समान बरामद गरिएको हो। बरामद गरिएका सामानसहित संलग्न तीन जनालाई शुक्रबार कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस