सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनाका धावकलाई हराउँदै जुम्लाका बुढाले जिते धनगढी हाफ म्याराथुनको उपाधि

२०७६ वैशाख १, ०९:२९ कमल सावद

नयाँ वर्षको अवसरमा धनगढी जेसिजले आयोजना गरेको धनगढी हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन्। बुढाले लगातार दोश्रो पटक धनगढी हाफ म्याराथुनको उपाधि जितेको हो। निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी  १ घण्टा ७ मिनेट ८ दशमल ३५ सेकेण्डमा पूरा गर्दै बुढाले उपाधि जितेका हुन्। उपाधिसंगै बुढाले नगद ५५ हजार ५ सय ५५ प्राप्त गरे। धनगढी हाफ म्याराथुनको उपाधि कब्जा गर्नै बुढा जुम्लामा हरि रोका फाउण्डेशनले सञ्चालन गरेको कर्णाली क्लबका धावक हुन्। 
निरन्तरको प्रयास र दृढ विश्वासले पहिलो बनाएको बुढाले बताए। यस्तै नेपाली सेनाका होमलाल श्रेष्ठ दोश्रो भएका छन्। श्रेष्ठले १ घण्टा ९ मिनेट ४७ दशमलव ३९ सेकेण्डमा सो दुरी पार गर्दै दोश्रो भएका हुन्। उनले ३३ हजार ३ सय ३३ नगद पुरस्कार पाए। यस्तै खगेन्द्र भाट तेश्रो भएका छन्। उनले थापा १ घण्टा १० मिनेट ५ दशमलव १३ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन्। भाटले तेश्रो हुँदै २२ हजार २ सय २२ पाए। 

यस्तै, कर्पोरेट तर्फको ५ किलोमिटरमा सरद चौधरी प्रथम, भीमवहादुर चौधरी द्वितीय र पारस सोनी तृतीय भए। उनीहरुले क्रमश ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३, २ हजार २ सय २२  नगद पुरस्कार पाए। धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका धनगढी हाफ म्याराथुनको आयोजना गर्दै आएको छ। किर्तीमानी खेलाडीहरुको धनगढी हाफ म्याराथुनमा सहभागीता वढ्दै गएको छ। म्याराथुनमा एसीयनदेखी ओलम्पीक खेलेका धावकहरु पनि सहभागी हुन थालेका छन्। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस