दार्चुलामा ५१ थान काठ बरामद
२०८० जेठ १८, ०४:३३
दार्चुलाः दार्चुलामा अवैध काठ बरामद गरिएको छ। जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ छाङ्रुस्थित सुतला सामुदायिक वनबाट ५१ थान काठ बरामद गरिएको हो।
वन समितिले उक्त काठ बरामद गरेको हो। समितिका अनुसार गोप्य सूचनाका आधारमा काठ फेला परेको हो। काठ काटिएको ठाउँमा बन्चरो र सब्बलसमेत फेला परेका छन्। वनमा काठ काट्दै गरेका मानिस भने भागेका छन्।
कमेन्ट लोड गर्नुस