सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामानसहित दुई महिला प्रहरी नियन्त्रणमा

२०८० जेठ १७, ०६:४३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित दुई महिलालाई प्रहरीले नियन्त्रमा लिएको छ।

बुधबार दिउसो ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भन्सार छलीका सामानसहित दुई महिलालाई नियन्त्रणमा लिएको हो। भीमदत्त नगरपालिका–१० बाट भन्सार छलीका खुर्सानी, नरिवल र कपडासहित भीमदत्त नगरपालिका–७ की ४५ वर्षीया कलावती जाग्री र सोहि स्थानकी ३७ वर्षीया सिता धामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुलाई आवश्यक कारवाहीका लागि सामानसहित भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस