सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा स्काइभेटर दुर्घटना, चालक घाइते

२०८० जेठ १७, ०६:३० खबर संवाददाता

डोटीः डोटीमा बुधबार स्काइभेटर दुर्घटना भएको छ।

जिल्लाको सायल गाउँपालिका–३ स्थित झिग्राना बेटुरा सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काइभेटर दुर्घटना भएको हो। कैलालीको गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय बिकास सिजापतिले चलाएको बा ३ प ४०८५ नम्बरको स्काईभेटरमा माथिबाट ढुङ्गा खसेर ठोक्किन पुगेपछि स्काईभेटर सडकबाट करिब एक सय मिटर तल खसेको थियो।

दुर्घटनामा चालक घाईते भएको प्रहरीले जनाएको छ। उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस