सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित दुइ भारतीय पक्राउ

२०८० जेठ १६, ०६:३९

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित दुइ जना भारतीय नागरिक पक्राउ परेका छन्।  जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटबाट लागुऔषधसहित दुइ जना पक्राउ परेका हुन्।

कञ्चनपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पिलिभितका सोनु सिँह र सुकदेव सिँह रहेका छन्। नेपाल भारत सीमा क्षेत्रबाट मोटरसाईकलमा सवार उनीहरु १० दशमलव ३६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन्। प्रदेश प्रहरीको आरआइटी र इलाका प्रहरी कार्यालय बेलडाडी तथा प्रहरी चौकी भुडाको प्रहरी समूहले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई कानूनी कारबाहीका लागि प्रकृया थालिएको कञ्चनपुर प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस