कञ्चनपुरमा भन्सार छलिका माछा र बोईलर कुखुरा नष्ट
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलिका माछा र बोईलर कुखुरा नष्ट गरिएको छ। सोमवार जिल्लाको लालझाडी गाउँपालिका–३ का ३८ वर्षीय रामबहादुर चौधरीले चलाएको म १ प ८५२ नम्बरको मोटरसाइकलमा भन्सार छलि गरी ल्याएका २५ किलो माछा र १ क्विन्टल २५ किलो बोईलर कुखुरा बरामद गरी नष्ट गरिएको हो।
इलाका प्रहरी कार्यालय झलारी र बन्साहबाट खटिईएको संयुक्त प्रहरी टोलीले कलुवापुर बेलौरी सडक खण्डमा मोटरसाइकलसहित माछा र कुखुरा बरामद गरेको प्रहरीले जनाएको छ। माछा र कुखुरा इलाका प्रहरी कार्यालय झलारीमा ल्याइ रितपुर्वक नष्ट गरिएएको प्रहरीले बताएको छ। चालकलाई आवश्यक कार्वाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाएको जनाइएको छ।