सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जिपको ठक्करबाट दुई जना घाइते

२०८० जेठ १३, ०३:२१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा जिपको ठक्करबाट दुई जना घाइते भएका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका–१ सिद्धचोकमा बेलौरीबाट बेलडाँडी आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च २७६१ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्रुलाई ठक्कर दिएको हो। शनिबार बेलौरी नगरपालिक–९ रतनपुरका ३० वर्षीय साईकलमा सवार सुनिल चौधरी र १९ वर्षीय पवन चौधरीलाई पछाडीबाट जिपले ठक्कर दिदा दुबै जना घाईते भएका छन्।

घाइते दुबै जनालाई उपचारका लागि धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ। सुनिल चौधरीको टाउकोमा चोट लागेको छ भने पवन चौधरीको बाँया हात र खुट्टामा चोट लागेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस