सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आरजुको प्रश्न– पाँच सय शैयाको अस्पताल बनाउने नेता कता हराए

२०७५ चैत्र २९, ०२:४९ खबर संवाददाता

नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवालले चुनावमा पाँच सय शैयाको अस्पताल बनाउने दावी गर्ने नेता अहिले कता हराए ? भन्दै प्रश्न गरेकी छिन्। केहि दिनदेखि धनगढीमा विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी नेतृ देउवाले अधिकासं कार्यक्रममा सो प्रश्न गरिरहेकी हुन्। धनगढीका विभिन्न ठाउँमा भएका वडा भेला र पार्टीको क्रियासिल सदस्यता वितरण कार्यक्रममा नेतृ देउवाले चुनावमा सेती अञ्चल अस्पताललाई पाँच सय शैयाको प्रादेशिक अस्पताल बनाउने दावी गर्दै भोट मागेका नेता अहिले हराएको आरोप लगाईन्। २०७४ साल मंसिर २१ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुनु अगाडी नेतृ देउवाले सेती अञ्चल अस्पतालको तीन सय शैयामा स्तरोन्नती गराएको दावी गर्दै उनका प्रतिस्पधी बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले पाँच सय शैयाको प्रादेशिक अस्पताल बनाउने दाबी गरेका थिए।

तर अहिले सेती अञ्चल अस्पताल प्रदेश मातहतमा आएर डाक्टर विहिन हुने अवस्थामा पुग्न लाग्दा समेत चुनावमा पाँच सय शैयाको आश्वासन दिने नेताले केहि गर्न नसकेको तर्क नेतृ देउवाको छ। उनले कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएको समयमा अस्पताललाई तीन सय शैयामा स्तरोन्नती गराएको भएपनि तत्कालीन समयको अस्पतालको नेतृत्वले आवश्यक कागजात नपाउँदा स्तरोन्नतीको निर्णय अगाडी बढाउन नसकेको बताइन्। उनले स्तरोन्नतीको निर्णय कार्यान्वयन गर्ने समयमा सरकार पनि परिवर्तन भएकाले समस्या भएको बताईन्। सेती अञ्चल अस्पतालका ९५ प्रतिशत डाक्टरको समायोजन संघीय सरकारमा भएपछि अस्पताल डाक्टर विहिन हुने अवस्थामा पुगेको छ भने २०४० साल यता अस्पतालको स्तरोन्नती हुन सकेको छैन्। अस्पताललाई प्रदेश सरकारको मातहतमा राखिएको छ।

यो पनि पढ्नुहोस

चुनावको मुखमा सेती अञ्चल अस्पताललाई ३ सय शैयामा स्तरोन्नती गराएको निर्णय हरायो, नारदमुनीको ५ सय शैया पनि अलपत्र

कमेन्ट लोड गर्नुस