सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालयमा ‘फिल्म फेस्टिभल’ आजबाट हुने

२०८० वैशाख १५, ०६:०७ खबर संवाददाता

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा ‘फिल्म फेस्टिभल’ आजबाट हुने भएको छ। बिहीवार पत्रकार सम्मलेन गर्दै नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रवारदेखि ३ दिनसम्म महोत्सव हुन लागेको जानकारी दिएको हो।

नेपाल युरोपियनका उपराजदूत डा.जोलीले फिल्म महोत्सवमा युरोपका ८ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताए।  उनले महोत्सवमा सहभागी जोसुकैले निःशुल्क हेर्न पाउने बताए। सुदूरपश्चिम विश्वविद्यालयको कानून संकायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताए।

उनले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए। महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अस्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड (स्वीडेन, लाटभिया, इराक), इग्नस जोनसको निर्देशन रहेको इनभिजिवल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड फ्रेनको निर्देशन रहेको डेटिङ अम्बर (आयरल्यान्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेको मित्र (नेदरल्यान्डस्) प्रदर्शन हुनेछन्।

महोत्सवमा टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म पनि प्रदर्शन गरिनेछन्।

कमेन्ट लोड गर्नुस