कञ्चनपुरबाट डोटीका एक पुरुष बेपत्ता
धनगढीः डोटीको आदर्श गाउँपालिका वडा नम्बर–२ का ३८ बर्षीय भोजराज ओझा बुधबार देखि बेपत्ता भएका छन।
उनका आफन्तका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाटामा बस्दै आएका ओझा बुधबार देखि बेपत्ता भएका हुन। बेपत्ता भएका ओझाका भतिजा राजेश ओझाका अनुसार बुधबार बिहान ५ बजे अत्तरिया बजारबाट फलफुल लिएर आउन्छु भनेर घरबाट निस्किएका उनी हाल सम्म पनि सम्पर्कमा आएका छैनन्।
दिउँसो सम्म पनि घर नफर्किएपछि खोजीका लागि आफन्तले प्रहरीमा पनि खबर गरेका छन्। परिवारका अनुसार उनको मोबाइल पनि स्वच अफ बताइरहेको छ। उनलाइ कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८६२४९१६४८ मा खबर गरिदिन उनका आफ्नतले सबैमा आग्रह गरेका छन्।