’ए’ डिभिजन लिग : आज दुई खेल हुँदै
काठमाडौं: सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन्। लिगको १३ औं चरण अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछन्।
जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एफसी खुमलटार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। खुमलटार र पुलिसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। खुमलटार आज पाँचौं जितको योजनामा हुनेछ। खुमलटार १२ खेलमा १३ अंक जोडेर १२ औं स्थानमा रहेको छ। पुलिस तेस्रो जितको खोजीमा हुनेछ। पुलिस १२ खेलमा ९ अंक जोडेर पुछारमा रहेको छ।
यस्तै एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। फ्रेन्ड्स आज पाँचौं जित निकाल्न चाहन्छ। फ्रेन्ड्स १२ खेलमा १४ अंक जोडेर १० औं स्थानमा रहेको छ। एपीएफ छैटौं जितको योजनामा हुनेछ। एपीएफ १२ खेलमा १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ।