सुदुरपश्चिममा १९ जना कोरोना संक्रमण पुष्टि
धनगढीः सुदूरपश्चिम प्रदेशमा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको हो। एन्टीजेन बिधिबाट ४६२ नमूनाको कोरोना परिक्षण गर्दा १६ र पीसीआर बिधिबाट २४ नमूनाको कोरोना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
हाल प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १४६ रहेको छ।