कञ्चनपुरको वेदकोटमा म्याद नाघेका औषधी नष्ट
कञ्चनपुरः कञ्चनपुरको वेदकोटमा म्याद नाघेका औषधी नष्ट गरिएको छ।
जिल्लाको वेदकोट नगरपालिका बजार अनुगमन समितिले नगरभित्र रहेका औषाधि पसलहरुको मंगलबार अनुगमन गरी म्याद नाघेका औषधी नष्ट गरेको हो। बेदकोट बजार अनुगमन समितिका संयोजक पदम वहादुर ठकुराठीको नेतृत्वमा गएको अनुगमन टोलीले बजार अनुगमनको क्रममा मेडिकलमा भेटिएका म्याद नाघेका औषधी नष्ट गरेको बेदकोट बजार अनुगमन समितिका सदस्य सुनिल चन्दले जानकारी दिए। अनुगमन समितिले दैजीबजार र सामादैजी बजारका मेडिकलको अनुमगन गरेको हो।
अनुगमनका क्रममा दर्ता नविकरण नगरिएको समेत पाइएको छ।