धनगढीका निजी विद्यालयको नतिजा खस्कियो, ८ सय बढी विद्यार्थी फेल
धनगढीः धनगढीका सामुदायिक विद्यालयको नतिजा निकै कमजोर आए झै निजी विद्यालयको नतिजा पनि खस्किएको छ। कक्षा ८ मा धनगढीका ६० निजी विद्यालयका २ हजार ११० विद्यार्थीमा १ हजार २७१ पास भएका छन्। अघिल्ला शैक्षिक सत्रहरूमा सतप्रतिशतकै हाराहारीमा विद्यार्थी पास भएको दाबी गर्ने निजी स्कुलमा यो वर्ष भने अनुत्तीर्ण हुनेको संख्या बढी देखिएको छ।
धनगढीमा आधारभूत तहको परिक्षामा संस्थागत विद्यालयका ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्। सामुदायिक विद्यालयको भन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण भए पनि केही विद्यालयमा भने निकै कम विद्यार्थी पास भएका छन्।
धनगढी उपमहानगरपालिकाका ६० संस्थागत विद्यादलयका २ हजार ११० विद्यार्थीले कक्षा ८ को आधारभूत परीक्षा दिएका थिए। जसमध्ये १ हजार २७१ विद्यार्थी मात्रै पास भएका छन्। यो संस्थागत विद्यालयका कुल परीक्षार्थीको ६० दशमलव २४ प्रतिशत हो।
धनगढी मिलनचोकको वेस्टर्न क्रिस्टल एकेडेमीका ३९ मा ३३ जना विद्यार्थी पास हुँदा कैलाली गाउँको सृजनशील विद्या निकेतनका २६ मा १३ जना मात्रै पास भएका छन्। चटकपुरको शुभकामना स्कुलका १३ जनामा ८, मोडर्न स्कुलका १५ मा १५ जना र उत्तरबेहडीको कैलाली मोडेलका ६१ मा २९ जना पास भएका छन्। चटकपुरको मणिलेक स्कुलका १३ मा ११, व्रोड भिजनका ७ मा १ र मालिका स्कुलका ४५ मा १८ जना मात्रै पास भएका छन्।
धनगढीको वाल्मिकी स्कुलका ३१ मा २४ जना पास भएका छन् भने मोहनपुरको विद्याभुषणका २१ मा १३ जना पास भएका छन्। यस्तै, कैलाली गाउँको किङ्ग फिसर स्कुलका ४५ मा १३, माउन्ट सैपालका ३९ मा १७ र धनगढीको एक्सिस स्कुलका १०७ मा ८२ जना उत्तीर्ण भएका छन्।
धनगढी- ५ तारानगरको बालबिहानी स्कुल ११ मा ६ जना, हसनपुरको व्राइट वे पव्लिक स्कुलका १६ मा १२ र हसनपुरकै नन्दिनाज एकेडेमीका ५ मा ५ जना नै पास भएका छन्। ग्यालेक्सी स्कुल ८९ विद्यार्थीमा ७० जना पास भएका छन् भने त्रिवेणीचोकको वेस्ट सनराइजका १८ मा ११ जना र उत्तरवेहडीको द गार्डनर स्कुलका २८ मा १७ जना विद्यार्थी पास भएका छन्।जाईको फारवेस्ट स्कुलका ३३ मा २१, हसनपुरको एलजी स्कुलका ११ मा ७, देवरियाको डिलाटका २४ मा १७ र ऐश्वर्य विद्या निकेतनका २६२ मा १६९ जना पास भएका छन्।
तारानगरको शारदा विद्या निकेतन १८ मा १ जना, जाईको शैलेश्वरी स्कुलका २८ मा १२ जना, मिलनचोकको मयूर स्कुलका २७ मा १३ जना, विशालनगरको एमरल्ड स्कुलका १५ मा ९ जना र मिलनचोकको लिटर फ्लावर स्कुलका २४ मा ५ जना मात्रै पास भएका छन्।कृष्णनगरको हिमाल एकेडेमीका ९ मा ७ जना, वैयाबेहडीको स्टेपिङ स्टोन स्कुलका ११६ जनामा ९८, विशालनगरको प्रियङ्का स्कुलका १६ मा ५ र उत्तरबेहडीको ग्ली एकेडेमीका २३ मा १६ जना उत्तीर्ण भएका छन्।
उत्तरवेहडीको गुरूकुल स्कुलका ३२ मा ३०, ज्योती स्कुलका १५ मा ११, अक्सफर्ड रेडियन्ट स्कुलका २७ मा १६, दुन एकेडेमीका १२ मा ९ र सिटी स्कुलका १५ मा ८ जना पास भएका छन्।नेपाल प्रहरी स्कुलका ८३ मा ५३, नवजीवन स्कुलका १५ मा १०, जेसिज एभरेष्ट स्कुलका ८५ मा ६७, क्रिसेन्ट सिटी स्कुलका २२ मा १४, एरिष्टो स्कुलका १२० मा ९० र मोडर्न एराका २४ मा ८ जना मात्रै पास भएका छन्। शिवनगरको स्टोन व्रिज स्कुलका १७ मा ११, हिलवल्ड स्कुलका ३२ मा १८, थ्रीस्टार्स स्कुलका ७८ मा ४३ र कैलाली विद्या निकेतनका २९ मा १३ जना पास भएका छन्।
शिवनगरको ग्रीन ल्यान्ड स्कुलका १० मा ५ जना, जेम्स एकेडेमीका २५ न १०, अपि विद्या निकेतनका १३ मा ९, डिस्कभरी स्कुलका ३६ मा १६, फूलबारीको न्यू भिजन स्कुलका २० मा ५ जना र फूलबारी एकेडेमीका २८ मा १८ जना पास भएका छन्।
फूलबारीको कैलाश मालिका स्कुलका ९ मा ३, फूलबारी अङ्ग्रेजी स्कुलका २५ मा १ र जुगेडाको मिलन स्कुलका ४८ मा ३१ जना पास भएका छन्। घुइँयाघाटको लालिगुराँस एकेडेमीका १८ मा ५, गोल्डेन ज्योती स्कुलका ७ मा ५ र सिद्धार्थ इन्टरन्यासनल स्कुलका १० जना परीक्षार्थीमा १ जना मात्रै पास भएका छन्।