बझाङमा वैशाख १५ र ३१ गते खोप
धनगढीः बझाङका बालबालिकालाई वैशाख १५ र ३१ गते खोप लगाइने भएको छ। जिल्लामा नियमित खोप लगाउन छुटेकाहरुलाई वैशाख १५ र ३१ गते खोप लगाइने भएको हो।
मन्त्रालयको निर्देशन अनुसार स्वास्थ्य कार्यालय बझाङले खोप अभियान सञ्चालन गर्ने भएको छ। जिल्लामा खोप लगाउन छुटेका बालबालिकाका लागि वैशाख १५ र ३१ गते दुई दिन खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकाहरुको लागी बृहत खोज र खोप अभियान सञ्चालन गर्न लागेकाले बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा ल्याउन स्वास्थ्य कार्यालय, बझाङका प्रमुख भानुभक्त जोशीले बताए।
उनले खोप लगाउन छुटेकाहरुलाई खोप लगाउनको लागि समन्वय गरिदिन आग्रह गरे। ‘जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन्,’ बृहत् खोज र खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन लागिएको स्वास्थ्य कार्यालय बझाङका कार्यालय प्रमुख जोशीले बताए।