बैतडीको मेलौलीमा स्वास्थ्य शिविरबाट ५ हजार बढीले लिए सेवा
बैतडी: बैतडीको मेलौलीमा स्वास्थ्य शिविरबाट ५ हजार बढील सेवा लिएका छन्। जिल्लाको मेलौली नगरपालिकामा शुक्रबारदेखि सञ्चालन भएको बृहत स्वास्थ्य शिविरमा ५ हजार १५० जनाले सेवा लिएका हुन्। एक हजार ५५० जनाले आँखाको सेवा लिएका छन् जस मध्ये १३० जनाको आँखाको अप्रेशन भएको छ।
रक्तदान संयोजक राज बहादुर चन्दका अनुसार ५१ जनाले रक्तदान गरेका छन्। बैतडी समाज कैलाली, च्यारेटी हेल्थ फाउण्डेसन र धनगढी नेत्रालयको आयोजना तथा मेलौली नगरपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन भएको हो। उक्त शिविर तीनदिन सम्म सञ्चालन भएको थियो।