नेता लेखकद्वारा झुलाघाटमा मोटरेबल निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण
धनगढीः प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले झुलाघाटमा मोटरेबल पुल निर्माणका बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
भारतसंग जोडिएको पुरानो नाकाको रुपमा रहेको झुलाघाटमा मोटरेबल पुल निर्माणका बिषयमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले बताए। यस्तै पञ्चेश्वरमा समेत झोलुंगे पुल निर्माणका बिषयमा भारतसंग कुराकानी गर्न नेता लेखकले प्रधानमन्त्रीलाई आग्रह गरेको उनले बताए।
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतका तर्फबाट प्राविधिक अध्ययन समेत शुरु भइसकेको अवस्थामा यो कामलाई अघि बढाउन भारत भ्रमणका बेला प्रधानमन्त्रीलाई प्राथमिकतामा राख्न आग्रह गरिएको हो।
भारत सरकारले निर्माण गर्ने गरी प्रस्तावित कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह लगायत सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण योजनाहरु सम्पन्न गर्न प्रधानमन्त्री समक्ष नेता लेखकले माग गरेका छन्।