बैतडीमा सिगास आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण
बैतडीः बैतडी पाटनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह बिष्टले विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन्।
बैतडीको पाटन नगरपालिका वडा नम्बर–३ बुङडास्थित सिगास आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेका हुन्। विद्यालयमा नयाँ भर्ना भएका गरिब घरपरिवारका विद्यार्थीहरुलाई आफूले व्यक्तिगत लगानिमा पोशाक वितरण गरेको समितिका अध्यक्ष बिष्टले बताए।