सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भर्ना भएकै दिन विद्यार्थीको हातहातमा किताब

२०८० वैशाख ९, ०४:२५ खबर संवाददाता

धनगढीः बैतडीमा चालु शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु भएको छ।

जिल्लाका सबै विधालयमा भर्ना खुलिसकेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए। भर्ना भएका विद्यार्थीलाई किताब पनि वितरण गरिएको अवस्थीले बताए। ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’नारासहित बैतडीमा भर्ना अभियान सुरु भएको छ। 
जिल्लाका १० ओटा स्थानीय तहका ५६२ ओटै सामुदायिक विद्यालयका लागि आवश्यक पर्ने ८६ हजार पुस्तक समेत आइसकेको प्रमुख अवस्थीले बताए। बैतडीमा चालु शैक्षिक सत्रमा समयमै किताबको आपूर्ती भएको छ। हरेक बर्ष शैक्षिक सत्र शुरु भएको दुई तीन महिनापछि मात्रै किताब पाइने भएपनि यो बर्ष समयमै किताब उपलब्ध भएका शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्कर शर्माले बताए।

विगतका वर्षहरुमा ढिलो पाठ्यपुस्तक पुग्ने गरेकोमा यो वर्ष समयमै पाठ्यपुस्तक उपलब्ध हुँदा विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरु तथा अभिभावक समेत उत्साहित भएका छन्।

कमेन्ट लोड गर्नुस