स्मार्ट धनगढीमा विकास कि वेथिति ?
कालोपत्रे सडकको बिचमा विद्युतको पोल अनि रुख! सामाजिक सञ्जालमा यस्ता तस्बिरहरु र स्टाटस अचेल खुवै देख्न पाईन्छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १ मा भने छुट्टै दृश्य देखियो। वडा नम्वर १ को संकेत मेडिकल भएर उत्तर जोड्ने सडकमा नालीमाथि नै घर छ। सडक क्षेत्रमै घर निर्माण भएर हो वा नाली निर्माणमा त्रुटी भएर हो ? स्थानीयले जिज्ञसा राख्न थालेका छन्। उक्त फोटो फेसवुकमा राख्दै स्थानीय तपराज जोशीने भनेका छन्, ‘सरकारी जग्गामा ब्यक्तीगत घर हो वा ब्यक्तिगत जग्गामा सरकारी नाला। सम्बन्धित वडाका नेता तथा स्थानीयबासी कमजोर कि घर धनी पावरवाला कुरा बुझ्न गाह्रो भयो। ’ धनगढी उप–महानगरपालिकामा यस्ता विकास थुप्रै भईरहेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा मोहनापुल–अत्तरिया सडकबाट शिवपुरी धाम जोड्ने सडक निर्माण भईरहेको छ। निर्माण व्यवासायीले सडक अन्तरगत नाली निर्माणको काम जारी राखेको छ। तर नालीको बिचमा रहेका विद्युतका पोलहरु भने सारिएको छैन्। उक्त फोटो सामाजिक सञ्चाजल फेसवुकमा राख्दै उद्योग वाणिज्य संघ कैलालीका सचिव सिद्धराज पनेरुले भनेका छन् ’‘ स्मार्ट सिटी हुन लागेको हाम्रो धनगढीको बिकास पनि स्मार्ट नै हो कि ? मैले नबुझेको हो। नाली बिद्युत बितरणको लागि हो कि ढल निकासका लागि ?। उक्त तस्विर हेर्दा स्मार्ट धनगढीको परिकल्पनालाई पनि जिस्क्याउछ।
केहि समय अगाडी धनगढी उप–महानगरपालिका वडा नम्वर १२ को वडा स्तरिय बजेट मार्फत कार्यान्वयन भएको अर्को सडकको योजनामा पनि यस्तै लापरवाही देखिएको थियो। वडा नम्वर १२ को गुम्बा देखि मनकामना युवा क्लबको खेलमैदान सम्मको सडक, विच भागमा पोल राखेर कालोपत्रे गरिएको थियो। सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष कृष्णराज पाण्डयले उप–महानगरपालिकालाई पोल सार्नका लागि पटक–पटक आग्रह गरे पनि नसार्दा त्यस्तै कालोपत्रे गरेको प्रतिक्रीया दिएका थिए। सडकमा विद्युतका पोल मात्रै होईन धनगढीमा कालोपत्रे भएका अधिकासं सडको बिचमा रुखहरु पनि रहेका छन्। साविकको सहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा निर्माण भईरहेका सडकहरुमा दुई सय बढी रुख काट्न बाँकी छ। कार्यक्रम अन्तरगत निर्माण भईरहेका सडकको विच भागमा रुख भएपनि कटान आदेश नआएको भन्दै कालोपत्रे गर्न थालिएको छ। कतिपय सडकमा त कालोपत्रे सम्पन्न भईसक्दा समेत सडकको बिचमा रहेका रुख काट्नै बाँकी रहेको छ।
सडक क्षेत्रमा रहेका रुखहरु कटानीको आदेश नपाएको आयोजना कार्यान्वयन ईकाईले जनाएको छ। सडकको विच भागमै रुख यथावत राख्दै सडक कालोपत्रे गरिएपछि दुर्घटनाको जोखिम बढेको छ भने स्मार्ट धनगढीको नारालाई पनि गिज्याईरहेको छ। सडक निर्माणको समय अवधि कम भएको भन्दै सडकमै रहेका रुख नकाटी कालोपत्रे गर्न थालिएको छ। १५ दशमलव ५२ किलोमिटर लम्बाई रहेको धनगढी चक्रपथमा पनि धेरै रुखहरु रहेका छन्। चक्रपथ निर्माणका लागि २०७३ जेठमा सम्झौता भएकोमा २०७६ असार सम्मको निर्माण अवधी रहेको छ तर अहिले सम्म रुख काट्न सकिएको छैन्। धनगढी बडाराका नवराज गौतमले सडकको बिच भागमा रुख राखेर गरिएको कालोपत्रेले विकासको नयाँ नमुना पेश गरेको बताए। उनले भने– सडकको बिच भागमा रुख छ, वनले अनुमति दिएन भनेर भन्दैछन् निर्माण व्यवसायी। धनगढी उप–महानगरपालिकाको तुल्सीपुर–भगवटी टोल सडक, जाली–उत्तरखिम्लीना सडक, पिपल चौतारा–जाई–मट्यारी सडक, नेपाल रेडक्रस–तारानगर सडकमा पनि रुख रहेका छन्।