एकदिवसीय अभ्यास खेल : नेपाल र ओमानबीच आज प्रतिस्पर्धा
काठमाडौं: नेपालले शनिबार एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०/५० ओभरको हुनेछ। नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेल खेल्न लागेको हो। आज हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन।
नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन्। नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन। आईसीसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए।