‘अब धनगढी दौडिन्छ‘ नवौं संस्करणको तयारी पूरा
धनगढीः ‘अब धनगढी दौडिन्छ‘ भन्ने मूल नाराका साथ नयाँ वर्षमा हुने जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन २०२३ को तयारी पूरा भएको छ।
नयाँ वर्ष २०८० को अवसरमा धनगढी जेसिजले आयोजना गर्न लागेको म्याराथनको तयारी पूरा भएको बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो। आठ वर्षदेखि धनगढी जेसिजले हरेक वर्ष वैशाख १ गतेका दिन हाफ म्याराथन आयोजना गर्ने गरेको छ।
प्रतियोगिताका संयोजक मनिष कुँवरले अघिल्ला वर्ष झै यो वर्ष पनि हाफ म्याराथन प्रतियोगिता हुन लागेको बताए। धनगढी रंगशालाबाट सुरु हुने म्याराथनको खुला दौड अन्तर्गत २१।१ किलोमिटर दौडमा प्रथमलाई नगद ५५ हजार ५ सय ५५, द्वितीयलाई ३३ हजार ३ सय ३३ र तृतीयलाई २२ हजार २ सय २२ नगद पुरस्कार प्रदान गरिने छ।
यस्तै, कर्पोरेट र मिडिया तर्फको ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ। महिला तर्फ ५ किलोमिटर दौडमा प्रथमलाई पाँच हजार ५ सय ५५, द्वितीयलाई ३ हजार ३ सय ३३ र तृतीयलाई २ हजार २ सय २२ नगद पुरस्कार राखिएको मूल आयोजक समितिका संयोजक कुँवरले जानकारी दिए।
यसैगरी, १ गते नै ट्राइसाइकल दौड पनि हुनेछ ट्राइसाइकलमा सहभागीलाई सम्मानसहित पुरस्कार दिइने जनाएको छ। जेसिज वर्ष २०२३ का अध्यक्ष मोहनराज ओझाले प्रतियोगितामा धावक, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २ सय ५० जनाको नाम दर्ता भइसकेको र स्थानीयहरुको पनि सहभागिता हुने क्रम जारी रहेको बताए।
प्रतियोगिताको प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबाट समुद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष ओझाले बताए। जेसिजका पूर्वअध्यक्ष पदमविक्रम सिंहले नगरको शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा सुधारका लागि अब धनगढी दौडिन्छु भन्ने मान्यताका साथ हरेक वर्ष प्रतियोगिता आयोजना गरिन लागेको जनाए। उनले भने, ‘हरेक क्षेत्रलाई दौडाउन हामीले नयाँ वर्षको शुभारम्भका दिन ुअब धनगढी दौडिन्छु प्रतियोगिता गर्ने अवधारणा अघि बढाएका हौँ। यो अभियानले हरेक क्षेत्रमा सुधारसहित अगाडि बढ्न प्रेरणा दिनेछ भन्ने हाम्रो अपेक्षा हो।