सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागूऔषधसहित २ जना पक्राउ

२०७९ चैत्र १६, १२:२० खबर संवाददाता

धनगढीः धनगढीमा अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई बुधबार राति कैलाली प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन्। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस