सुदूर नेपाललाई विश्वसँग जोड्दै

चर्चित गायक चक्र बमको अध्यक्षमा जन्मथली मञ्च गठन

२०७९ चैत्र ११, ०५:४७ खबर संवाददाता

कैलालीः सुुदुरपश्चिम प्रदेशमा चर्चा बटुल्न सफल गायक चक्र बमको अध्यक्षतामा जन्मथली मञ्च नामक संस्था गठन गरिएको छ।

देउडामा फ्युजन मिसाएर चर्चामा आएका चक्र बमले जन्मस्थलको भाषा, कला, संस्कृति, गित, संगितको संरक्षण गर्ने उदेश्यले जन्मथली मञ्च नामक संस्था गठन गरेका छन्। बमको अध्यक्षतामा गठन गरिएको जन्मथली मञ्चको शनिबार एक कार्यक्रमका बीच सार्वजनीकरण गरिएको हो। अध्यक्ष बमले आफ्नै जन्मभूमि कैलालीको गोदावरी (अत्तरिया) मा जन्मथली मञ्चलाई सार्वजनीक गरेका थिए।

बमको अध्यक्षतामा गठन गरिएको जन्मथली मञ्चको तदर्थ समितिको उपाध्यक्षमा गायक सुरेश चोखाल र सचिवमा साहित्यकार खेम बतास रहेका छन्। ‘विविधतामा एकता हाम्रो पहिचान, स्थानीय कला र संस्कृति हाम्रो शान’ नारा बोकेको मञ्च आफूहरुले स्वस्फुर्त रुपमा गठन गरेको अध्यक्ष बमले बताएका छन।

मञ्चका सचिव खेम बतासले कला, संस्कृती साहित्यको संरक्षण गर्नको लागि सामाजिक दायीत्व बहन गर्दै संस्था गठन गरिएको बताए। उनले हाल प्रदेश स्तरीय बनाइएको संस्थालाई भोलिका दिनमा देश, विदेश सम्म विस्तार गरिने बताए।

कमेन्ट लोड गर्नुस