सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सिकलसेल जाँच गर्ने मेसिन हस्तान्तरण 

२०७९ फाल्गुन ८, ०८:०७ खबर संवाददाता

धनगढी: कैलालीमा रहेको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सिकलसेल जाँच गर्ने मेसिन हस्तान्तरण गरिएको छ।

प्रदेश स्वास्थ्य आपूर्ति ब्य्वस्थापन केन्द्र, सुदूरपश्चिम प्रदेशको बिशेष महत्त्वको रुपमा रहेको सिकलसेल एनिमिया को स्क्रिन कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य केन्द्रलाई एचपिएलसि मसिन हस्तान्तरण गरिएको हो। कार्यक्रममा सेती प्रादेशिक अस्पतालका बालरोगबिषेशज्ञ प्रदीप मिश्रा को प्रमुख उपस्थितिमा जोशीपुर गाउँपालिकाको प्रमुखलाई मसिन हस्तान्तरण गरिएको थियो।

अब जोशीपुर गाउँपालिकाका बासिन्दालाई सिकलसेल जाँच गर्न धनगढी आइराख्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस