सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता

२०७९ फाल्गुन ७, ०५:३७ खबर संवाददाता

काठमाडौँः भारतसँग २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली स्वदेश फर्केको छ।

आज आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए। भारतको चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेल गोलरहित बराबरी भएको थियो। यसअघि ३ फागुनमा भएको पहिलो मैत्रीपूर्ण खेल २–२ को बराबरीमा सकिएको थियो।

पेरिस ओलम्पिक २०२४ को एसियन क्वालिफायरको तयारीमा रहेका भारत र नेपालले दुई मैत्रीपूर्ण खेल खेलेका हुन्। पहिलो मैत्रीपूर्ण खेलमा घाइते भएकी गीता राना मगर भने ह्वील चियरमा आएकी थिइन्।

कमेन्ट लोड गर्नुस