सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्यू होराइजनमाथि डिसिएको जित

२०७९ फाल्गुन ६, ०६:१२

धनगढीः भैरहवामा जारी खड्गप्रसाद गौचन, यू–१९ क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले जित हात पारेको छ। डिसिएले ३० हजार रुपैयाँ नगदसहित ट्रफि पाएकाे छ।

शनिवार भएको खेलमा डिसिएले बुटवलको न्यू होराइजन एकेडेमीलाई ५ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको न्यू होराइजनले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ४८ रनमात्रै बनाउँन सक्यो। उसका अमर मिश्रले १३ र विशाल भुसालले ११ बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन। डिसिएका सूर्या श्रेष्ठ र दिनेशराज जोशीले समान ३–३ विकेट लिए। सूर्याले ५ ओभरमा २ ओभर मेडन राख्दै १० रनमात्रै खर्चिएका थिए। 

जवाफमा डिसिएले १२ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो। उसका आशिष लुहारले १५ रन जोडे। न्यू होराइजनका सुमित पराजुलीले २ विकेट लिए। खेलको म्यान अफ द म्याच डिसिएका सूर्या श्रेष्ठ घोषित भए। पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले उनलाई पुरस्कृत गरेका थिए।   

  
 

कमेन्ट लोड गर्नुस