सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा महाशिवरात्रीको अवसरमा देउडा प्रतियोगिता हुने

२०७९ फाल्गुन ३, १०:१५ खबर संवाददाता

बैतडी: बैतडीमा महाशिवरात्रीको अवसरमा देउडा प्रतियोगिता हुने भएको छ। जिल्लाकोे मेलौली नगरपालिका–२ गेरडा शिवधाममा देउडा प्रतियोगिता हुने भएको हो। यही फागुन ५ गतेका दिन गेरडा शिवधामको प्रांगणमा देउडा प्रतियोगिता हुने गेरडा शिवधाम व्यवस्थापन समितिले जनाएको छ।

देउडा प्रतियोगितामा सहभागी हुने प्रतियोगिहरुले भगवान शिवको महिमाको वर्णन हुने गरी देउडा गाउनुपर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ। देउडा प्रतियोगितामा सहभागी हुन चाहनेहरुले फागुन ५ गते बिहान १० बजेभित्र नामदर्ता गरिसक्नुपर्ने समितिका सदस्य विवेकानन्द पाण्डेयले बताए।

प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार, तेश्रो हुनेलाई २ हजार र सान्त्वना स्थान प्राप्त गर्ने दुई जनालाई ५÷५ सयका दरले पुरस्कार प्रदान गरिने पाण्डेयले बताए। 
 

कमेन्ट लोड गर्नुस