सुदूर नेपाललाई विश्वसँग जोड्दै

७२ रन बनाएर आउट भएः कप्तान रोहित

२०७९ फाल्गुन २, ०४:१४ खबर संवाददाता

काठमाडौंः आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा अहिले नेपाल र नामिबिया खेलिरहेका छन्।

त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ। नेपालका कप्तान रोहित कुमार पौड्यल ७२ रन बनाएर कट एण्ड बोल्ड आउट भए। रोहितले तेस्रो विकेटका लागि कुशल भुर्तेलसँग १३३ रनको साझेदारी गरेका थिए। नामिबियाले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ८५ रनको योगफल तयार ग¥यो।

कमेन्ट लोड गर्नुस