सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी विश्वकप लिग टू : आज नेपाल र नामिबिया खेल्दै

२०७९ फाल्गुन २, ०९:१९ खबर संवाददाता

काठमाडौं: आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ। 

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि सुरु हुने छ। त्रिकोणात्मक एक दिवसीय सिरिजमा पालसहित स्कटल्याण्ड र नामिबिया सहभागी छन्। रोहित पौडेलेको कप्तानीमा नेपाली टिम मैदान उत्रिने छ।

पछिल्ला ४ भेट मध्ये ३ खेलमा नामिबिया विजयी भएको छ। एक खेल वर्षाले रद्द भएको थियो।लिगमा नेपालले २४ खेल खेल्दा छैटौँ स्थानमा छ। एक दिवसीय मान्यता जोगाउन नेपालले अब बाँकी १२ मध्ये ९ खेल जित्नुपर्ने छ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फागुन ९ गते सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फागुन २ मा खेल्नेछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ। नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल, स्कटल्याण्डसँग फागुन ९ मा पुनः खेल्नेछ।

कमेन्ट लोड गर्नुस