चालु आर्थिक वर्षमा सरकारले नयाँ कार्यक्रम नल्याउने
काठमाडौंः अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौती गर्न राजस्व चुहावटमा संलग्न जो कोहिलाई कानुनको दायरामा ल्याउने प्रस्ताव प्रस्तुत गरेका छन्।
संसद्मा अर्थमन्त्री पौडेलले खर्च कटौती गर्न राजस्व चुहावटमा संलग्न जो सुकैलाई पनि कानुनको दायरामा ल्याउने बताएका हुन्। अर्थतन्त्रको पुनरउत्थानमा सहयोग गर्न सबैलाई आग्रह गरे। पौडेलले भने,‘सार्वजनिक खर्च व्यवस्थापनतर्फ हालसम्म मापदण्ड,कार्यविधि निर्देशीका र संचालन विधि स्कीकृत नभएका कार्यक्रमलाई पूर्ण वा आंसिक रुपमा स्थगित गरिनेछ।
अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएर कार्यान्वयनमा जान बाँकी रहेका कार्यक्रम समेत पुनः प्राथमिकिकरण गरी कार्यान्वयनमा लैजान पूर्व सम्बन्धीत मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिनुपर्ने छ।’ चालु आर्थिक वर्ष २०७९÷८० मा कुल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड हुने सुरु अनुमान गरिएकोमा १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान छ।
मन्त्री पौडेलले आर्थिक वर्षमा थप दायित्व नपर्ने गरी कार्यक्रम प्रस्ताव नगर्ने बताएर्। हुन नसक्ने बजेट अर्थ मन्त्रालयमा समर्पन गर्नुपर्ने उनको भनाइ छ।