सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै

२०७९ माघ २७, ०९:५२ खबर संवाददाता

काठमाण्डौः नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दैछ।

दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्नको लागि राष्ट्र बैंकले बिहान अहिले सञ्चालक समितिको बैठक बोलाएको छ। अर्धवार्षिक समीक्षामार्फत् राष्ट्र बैंकले विभिन्न नीतिगत विषयमा संशोधन गर्नेछ। बजारमा तरलता बढे पनि ब्याज घट्न नसकेको, ऋणको माग नआएको, खराब कर्जा बढेको, लघुवित्तको समस्या बढ्दै गएको लगायतका विषयमा राष्ट्र बैंकले विभिन्न नीतिहरु संशोधन गर्ने अनुमान छ।

यस्तै, घरजग्गा कारोबार, शेयरबजार, विलासी वस्तुको आयात लगायतका विषयमा पनि अर्धवार्षिक समीक्षाले विभिन्न नीति संशोधन गर्नेछ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि निजी क्षेत्रका छाता सङ्गठनले विभिन्न सुझाव यस अघिनै दिइसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस